Loading...
You are here:  Home  >  छापामा  >  Current Article

नयाँ सरकार गठनका लागि कांग्रेसको गृहकार्य तीब्र, बन्लान् त देउवा प्रधानमन्त्री ?

९ बैशाख,   खबरमञ्च,   at 7:38 AM

By   /  April 22, 2021  /  Comments Off on नयाँ सरकार गठनका लागि कांग्रेसको गृहकार्य तीब्र, बन्लान् त देउवा प्रधानमन्त्री ?

    Print       Email

काठमाडौं । सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका हुन् ।

कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धत गर्दै भने – अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ । देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए ।

२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या पुग्ने सुनिश्चित भएलगत्तै संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी कांग्रेस अगाडि बढेको छ ।

कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद र नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले सरकार बन्ने अवस्था बनेका निष्कर्ष निकालेको हो ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नयाँ सरकारको जोड/घटाउ पेचिलो, कसरी बन्छन् देउवा प्रधानमन्त्री?

Read More →