Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नयाँ नक्सा प्रयोगका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

९ जेठ,   खबरमञ्च,   at 1:19 PM

By   /  May 22, 2020  /  Comments Off on नयाँ नक्सा प्रयोगका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

    Print       Email

 

काठमाडौं । सरकारले नेपालको नयाँ नक्साको प्रयोगका लागि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । जेठ १३ गते संसद बस्नु अगाडिनै प्रस्ताव दर्ता गरेर फास्ट ट्रयाकबाटै पारित गर्ने तयारीमा सरकार जुटेको हो ।

नयाँ नक्साअनुसार संविधानको अनुसूची(३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा सचिवालय बैठक सकियाे, अर्काे बैठक भाेलि बस्ने

Read More →