Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नयाँ नक्सा जारी भएपछिको विवाद अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा सरकार छैनः मन्त्री खतिवडा

९ जेठ,   खबरमञ्च,   at 3:02 PM

By   /  May 22, 2020  /  Comments Off on नयाँ नक्सा जारी भएपछिको विवाद अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा सरकार छैनः मन्त्री खतिवडा

    Print       Email

काठमाडौं । नेपालको नयाँ नक्सा जारी भएपछि भारतले गरेको आपत्ति र विरोधबारे कुटनीतिक पहल गरि वार्ताबाट समाधान गर्ने सरकार प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले भारतले दाबी गर्दै र पूर्वाधार निर्माण गर्दै आएको लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी भएपछिको अवस्थालाई समाधान गर्न वार्ताको टेबलमा बस्ने बताए।

उनले उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने सोचमा सरकार नरहेको बताए। उनले भने, ‘हामी वार्तामै बसेर हाम्रो भूमिमा विवाद नगर्न छिमेकीलाई भन्नेछौं।’

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

Read More →