Loading...
You are here:  Home  >  समाज  >  Current Article

नयाँ घरमा बस्ने विपन्नका सपना साकार, झापामा बने ३ सय ४८ नयाँ घर

७ फागुन,   खबरमञ्च,   at 5:55 PM

By   /  February 19, 2020  /  Comments Off on नयाँ घरमा बस्ने विपन्नका सपना साकार, झापामा बने ३ सय ४८ नयाँ घर

    Print       Email

झापा । स्थानीय तह, ह्याविट्याट फर ह्युमानिटी तथा सहारा नेपालको संयुक्त प्रयासमा झापामा ३ सय ४८ विपन्न समुदायका परिवारका लागि घर निर्माण गरेर जिम्मा लगाइएको छ।

बुधबार झापा गाउँपालिका वार्ड नं १ लसुनामा एक कार्यक्रम गरि त्यस्ता विपन्न समुदायका परिवारका लागि बनेका ४० वटा घर समुदायलाई जिम्मा लगाइयो।

घर पाएपछि निकै दंग परेका झापा गाउँपालिका १ निवासी विरेन्द्र बेस्राले भने, ‘बर्षौंदेखिको नयाँ घरमा बस्ने धोको पूरा भएको छ।’ घर पाउनेहरुको अनुहार खुशी थियो।

नयाँ घरमा उनीहरुको श्रम बाहेक केही लागत लागेको छैन। ७० वटा घर झापा गाउँपालिकामा बनिसकेका छन्। ३० वटा यसअघि नै परिवारलाई जिम्मा लगाइसकिएको छ।

प्रत्येक घरको लागत एक लाख ५० हजार रुपैयाँ रहेको घर निर्माण आयोजककी कार्यक्रम संयोजक लीला सिवाकोटीले बताइन्। आउने बर्ष झापा जिल्ला भरि ५ सय वटा त्यस्ता घर बनाएर विपन्नलाई दिइने उनले बताइन्।

स्थानीय तहहरुका अनुसार आवश्यक्ता तथा योजना अनुसार घर बनाउन अरु रकम जुटाउन गैर सरकारी संस्थासंग सहकार्य गर्दै आएका छन्।

त्यस्का लागि झापा गाउँपालिका, कन्काइ नगरपालिका, विर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, अर्जुनधारा नगरपालिका तथा हल्दिबारी गाउँपालिकाले ह्याविट्याट फर ह्युमेनिटी नेपाल तथा सहारा नेपाल साकोसलाई रोजेका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →