Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

नयाँ आ.व.का लागि दमक नगरको बजेट एक अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँ

११ असार,   खबरमञ्च,   at 10:54 AM

By   /  June 25, 2020  /  Comments Off on नयाँ आ.व.का लागि दमक नगरको बजेट एक अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँ

    Print       Email

दमक । झापाको माइपश्चिम क्षेत्रका आधा दर्जन पालिकाले बुधबार आ–आफ्ना नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेका छन् ।

जिल्लाको माइपश्चिमको मुख्य व्यापारिकस्थल दमक नगरपालिकासहित गौरादह, शिवसताक्षी नगरपालिका र कमल तथा गौरीगञ्ज गाँउपालिकाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् ।

दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ । सातौँ नगरसभाको उद्घाटनमा नगर उपप्रमुख गीता अधिकारीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिन्।

जसमध्ये चालुतर्फ रु ७७ करोड ७७ लाख ६५ हजार र पूँजीगततर्फ रु ५३ करोड ५२ लाख ७० हजार विनियोजन गरिएको उनले जानकारी दिइन् ।

नगरपालिकाले कोरोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाइएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा छुटसहित राहतका कार्यक्रमसमेत राखिएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षमा स्वरोजगार र उद्यमशीलतालाई समेत विकास गर्ने लक्ष्य राखिएको छ । लकडाउनका कारण ठप्प शैक्षिक गतिविधिलाई पनि चलयमान बनाउन बजेट केन्द्रित रहेको उपप्रमुख अधिकारीले बताए ।

प्रस्तुत नीति तथा कार्यक्रम नगरसभा सदस्यको सुझाव र रायसहित सर्वसम्मत पारित गरिएको थियो । नगरसभा सदस्यले उठाएका प्रश्न र सुझावको नगरका नगर प्रमुख रोमनाथ ओलीले जवाफ दिएका थिए । नगरसभाको अर्को बैठक असार १३ गते बस्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनचाँदीको मूल्य बढ्यो !

Read More →