Loading...
You are here:  Home  >  अपराध  >  Current Article

धनुषामा एक युवककाे हत्या, एकान्तमा लगेर गोली प्रहार गरेकाे हुनसक्ने प्रारम्भिक अनुमान

२८ जेठ,   खबरमञ्च,   at 10:18 AM

By   /  June 10, 2020  /  Comments Off on धनुषामा एक युवककाे हत्या, एकान्तमा लगेर गोली प्रहार गरेकाे हुनसक्ने प्रारम्भिक अनुमान

    Print       Email

धनुषा । धनुषा जिल्लाकाे सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो ।

मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी मण्डलको हत्या गरेको जस्तो देखिएको बताए ।

हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन । शवको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हेटाैंडाकी सुस्मिताकाे हत्या परिवारकै सदस्यबाट, के हुन्छ अब कारवाही ?

Read More →