Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

देशभर ८८ हजार जनाले लगाए कोरोना खोप

१८ माघ,   खबरमञ्च,   at 6:29 PM

By   /  January 31, 2021  /  Comments Off on देशभर ८८ हजार जनाले लगाए कोरोना खोप

    Print       Email

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म देशभरका १८५ खोप केन्द्रबाट ८८ हजार ७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकीमा १२ हजार ३११, लुम्बिनीमा १० हजार ७६०, कर्णालीमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले खोप लगाएका हुन ।

मन्त्रालयले लक्षित समूहलाई अबको पाँच दिनभित्र खोप लगाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

२२ वर्षे अमरको दुवै मृगाैला फेल, जीवन रक्षाका लागि सहयाेग गर्न आफन्तकाे अपील

Read More →