Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

२१ साउन,   खबरमञ्च,   at 8:47 PM

By   /  August 5, 2020  /  Comments Off on देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

    Print       Email

काठमाडौं । सरकारले बिहीबारदेखि देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ।

गृहमन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै काठमाडौँ उपत्यका र दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन्।

यस अघि सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो। यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञसँग गरेको छलफल पछि सरकारले यस्तो निर्णय लिएको बताइएको छ। छलफलमा विज्ञहरुले पूर्ण लकडाउन नगर्न सुझाव दिदै संक्रमित बढी भएका क्षेत्रमा कडाई गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाकाे भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी १८६ जना नेकपा प्रवेश

Read More →