Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

देशभर कोरोना संक्रमितको संख्या १३ पुग्यो, कैलालीकी एक महिलामा कोरोना भाइरसको संक्रमण

१ बैशाख,   खबरमञ्च,   at 11:40 AM

By   /  April 13, 2020  /  Comments Off on देशभर कोरोना संक्रमितको संख्या १३ पुग्यो, कैलालीकी एक महिलामा कोरोना भाइरसको संक्रमण

    Print       Email

काठमाडौं । कैलालीको लम्की चुहाकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

वीरगञ्ज नाकामा चिया पसल गर्दै आएकी ५५ वर्षीया महिलामा कोरोना संक्रमण भएको पाइएको हो।

र्‍यापिड टेस्टका क्रममा उनको नतिजा नेगेटिभ आए पनि थप परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो।

टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको हो। नतिजा पोजेटिभ देखिएसँगै ती महिलालाई सोमबार बिहान धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको छ।

चैत ९ गते लम्कीचुहा आएकी महिला १७ गतेदेखि क्वारेन्टाइनमा बसेकी थिइन्।

देशभर कोरोना संक्रमितको संख्या १३ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आजदेखि जिम्मेवारी सम्हाल्दै नवनियुक्त आइजिपी थापा

Read More →