Loading...
You are here:  Home  >  छापामा  >  Current Article

देउवासँग पदाधिकारी ६१%, मनोनयनविनै दुईतिहाइ नजिक

८ पुस,   खबरमञ्च,   at 7:09 AM

By   /  December 23, 2021  /  Comments Off on देउवासँग पदाधिकारी ६१%, मनोनयनविनै दुईतिहाइ नजिक

    Print       Email

काठमाडौं । दोस्रोपटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवा १३औँ महाधिवेशनभन्दा पनि शक्तिशाली बनेका छन् । ३७ केन्द्रीय सदस्यको मतगणनाको नतिजा नआउँदै उनले केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमत पाएका छन् ।

विधानले दिएको अधिकार प्रयोग गर्दै कोषाध्यक्ष, ३३ केन्द्रीय सदस्य तथा प्रभावशाली समिति र विभागहरूलाई पूर्णता दिँदा सभापति देउवा थप शक्तिशाली बन्नेछन् । जसले उनलाई पार्टीभित्र निर्णय लिन कुनै समस्या हुने छैन । यद्यपि, पदाधिकारीमा इतर समूहका युवा नेताहरूको उपस्थितिलाई सम्बोधन गर्नुपर्ने चुनौती भने छ । 

पदाधिकारीसहित एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदानको बुधबारसम्म ९७ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये देउवा पक्षका पदाधिकारीसहित ७७ जना उम्मेदवार विजयी भएका छन् । पदाधिकारीका १३ पदमध्ये देउवा पक्षका आठजना विजयी भएका छन् । त्यस्तै, केन्द्रीय सदस्यमा खुलातर्फको ३५ पदमा २५ जना देउवा पक्षबाट आएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

स्थानीय तह निर्वाचनः सरकार चुपचाप, आयोगलाई हतारो

Read More →