Loading...
You are here:  Home  >  समाज  >  Current Article

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलेे पायाे अनुमति, प्रसाईं सम्पर्क बाहिर

२ माघ,   खबरमञ्च,   at 12:24 PM

By   /  January 16, 2020  /  Comments Off on दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलेे पायाे अनुमति, प्रसाईं सम्पर्क बाहिर

    Print       Email

काठमाडौं । झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ । तर प्रसाईं भने फरार रहेको बताइएको छ ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले काठमाडाैं जिल्ला अदालतमा मानहानीको मुद्दा हालेका थिए ।

गिरीले आफू असुरक्षित रहेकाे भन्दै भक्तपुर जिप्रकामा निवेदन समेत दिएका थिए । त्यहि निवेदनका आधारमा प्रसाईँलाई पक्राउ गर्न भक्तपुर जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले बताए  ।

(यसअघि जिल्ला प्रशासन कार्यालय हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ: सम्पादक)

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →