Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

दिल्लीमा दुईसय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

१६ वैशाख,   खबरमञ्च,   at 3:36 PM

By   /  April 28, 2020  /  Comments Off on दिल्लीमा दुईसय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

    Print       Email

 

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण कम्तीमा पनि दुई सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ।

दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मीमा कोभिड १९को संक्रमण भएको जानकारी दिए।

उनले सो क्रममा दिल्लीमा कोभिड १९ बिरामीको संख्या ३ हजार नाघेको पनि बताए।

उनले मङ्गलबार भने,‘यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड १९ को विरामी परेका छन्। यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको छ।’ रासस/एएनआई

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →