Loading...
You are here:  Home  >  समाज  >  Current Article

दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडे

१७ असोज,   खबरमञ्च,   at 3:24 PM

By   /  October 4, 2019  /  Comments Off on दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडे

    Print       Email

काठमाडाै‌ । दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए । यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताए । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ ।

उनका अनुसार पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन् । “समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद सङ्ख्या भने नौ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुङ्गालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ, केही व्यापारिक क्षेत्रहरुमा मानवीय चाप बढी भएकाले क्यूमा गाडी गुडिरहेका छन्”, उनले भने ।

उनले राजधानीमा एक हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुङ्गामा ¥याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रज पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन

Read More →