
एजेन्सी । विश्व स्वास्थ्य संगठनले दक्षिण एसियामा जुलाई महिनामा कोरोना भाइरसको संङ्क्रमण उच्च हुने बताएको छ।
दक्षिण एसिया र अफ्रिकामा जुलाई महिना संकटपूर्ण हुने संगठनले चेतावनी दिएको छ।
डब्ल्युएचओले देशहरूले सङ्क्रमणविरुद्ध गम्भीर रुपमा काम नगरे स्थिति अझ खराब आउने चेतावनी दिएको छ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सरकारहरूले सही नीति लागु गर्न नथाल्ने हो भने भाइरसको सङ्क्रमण अझै धेरै मानिसहरूमा देखिने बताए।
उनले भने, “मेरो सन्देश उही नै हो-परीक्षण, पहिचान, आइसोलेशन र क्वारन्टीन।”