Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप ७४० जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित १५ हजार २ सय ५९ पुगे

१९ असार,   खबरमञ्च,   at 4:34 PM

By   /  July 3, 2020  /  Comments Off on थप ७४० जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित १५ हजार २ सय ५९ पुगे

    Print       Email

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७४० जनामा संक्रमण देखिएको हो। शुक्रबार थपिएका ७४० सहित नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ।

कुल संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कचनकवलकाे त्याे हिलाे बाटाे…

Read More →