Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप २० जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

९ जेठ,   खबरमञ्च,   at 4:55 PM

By   /  May 22, 2020  /  Comments Off on थप २० जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

    Print       Email

विर्तामोड । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितकोब संख्या पाँच सय ७ पुगेकाे हो।

सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्मका संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्।

तीन जनाको भने मृत्यु भइसकेको छ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रबार बिहान ३० र दिउसो १९ गरी ४९ जना संक्रमित थपिएका हुन्।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका ३ जना पुरुष, डडेल्धुराका १ जना, बैतडीका १ जना र बाँकेका १४ जनामा संक्रमण देखिएको हो।

मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना महामारीमा सार्वजनिक यातायातः ‘न स्यानिटाइजर, न दूरी, भाडामात्र बढी’

Read More →