Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थपिए कोरोना भाइरसका १४५९ संक्रमित, १०६२ जना निको

३० भदौ,   खबरमञ्च,   at 4:22 PM

By   /  September 15, 2020  /  Comments Off on थपिए कोरोना भाइरसका १४५९ संक्रमित, १०६२ जना निको

    Print       Email

विर्तामोड । नेपालमा मंगलबार थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरको प्रयोगशालामा १० हजार ३७५ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा संक्रमितको संख्या ५६७८८ पुगेको हो।

गएको २४ घन्टामा १०६२ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म ४० हजार ६३८ जना कोरोनाबाट निको भएका छन्।

देशभर १५ हजार ७७९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब आक्रमणका घटना नियन्त्रण गर्न बनेका दुई अध्यादेश

Read More →