Loading...
You are here:  Home  >  छापामा  >  Current Article

त्रिवि परीक्षा : स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने

१६ साउन,   खबरमञ्च,   at 7:32 AM

By   /  July 31, 2020  /  Comments Off on त्रिवि परीक्षा : स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने

    Print       Email

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ ।

यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।

यसअघि सरकारले भदौ १ बाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने घोषणा विश्वविद्यालयले गरेको थियो ।

तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भत्काएर पनि भत्किएनन् छाउ गोठ

Read More →