Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

त्रिभुवन विश्वविद्यालयका क्याम्पस बैशाख २२ देखि जेठ १३ गतेसम्म विदा

१५ बैशाख,   खबरमञ्च,   at 3:29 PM

By   /  April 28, 2022  /  Comments Off on त्रिभुवन विश्वविद्यालयका क्याम्पस बैशाख २२ देखि जेठ १३ गतेसम्म विदा

    Print       Email

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही २२ गतेदेखि  जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले वर्षे बिदाका सम्बन्धमा  सत्रान्त बिदा अर्थात सेमेस्टर सकिएपछि बिदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट नै बिदाबारे निर्णय गर्न सक्ने जनाएको छ ।

अरु क्याम्पस, विभाग र स्कुलहरुको हकमा भने आउने २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन वर्षे बिदा दिने निर्णय गरेको विश्वविद्यालयले सूचनामार्फत जानकारी दिएको छ ।

यो समयमा विद्यार्थीहरुको परीक्षा चलिरहेको भए परीक्षा यथावत् नै रहने सूचनामा जनाइएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा हल्दिबारीका विद्यालय अनिश्चितकालका लागि बन्द

Read More →