Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

त्रिभुवन विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी, कसरी हुँदैछ काम ?

६ बैशाख,   खबरमञ्च,   at 6:59 AM

By   /  April 19, 2022  /  Comments Off on त्रिभुवन विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी, कसरी हुँदैछ काम ?

    Print       Email

काठमाडौं । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ।

सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन। तर, ती कार्यालयको काम भने रोकिएको छैन।

तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाईकन घरमै बसेका थिए। तालाबन्दी लम्बिँदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोर बाटो प्रयोग गरेर काम गर्न थालेका हुन्।

एक कर्मचारीले सोमबार भने ‘मूल गेटमा तालाबन्दी भएर के गर्नु ? हामी त पछाडिको ढोका प्रयोग गरेर काम गरिरहेका छौँ।’ 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा हल्दिबारीका विद्यालय अनिश्चितकालका लागि बन्द

Read More →