Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जित्यो, बंगलादेश २-१ ले पराजित

१६ चैत,   खबरमञ्च,   at 7:42 PM

By   /  March 29, 2021  /  Comments Off on त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जित्यो, बंगलादेश २-१ ले पराजित

    Print       Email

काठमाडौँ । त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

नेपालका लागि पहिलो गोल खेलको १८ औँ मिनेटमा सञ्जोग राईले गरेका थिए भने विशाल राईले ४१ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए। विशालले अफसाइड ट्र्याप बिट गरेर सेकेण्ड बार च्यापेर उत्कृष्ट गोल गरेका थिए।

बंगलादेशले खेलको ८१ औँ मिनेटमा एक गोल फर्काएर खेलमा फर्कने कोशिस गरेको थियो। बंगलादेशका लागि महोबबुर रहमानले एक गोल फर्काएका थिए।

किर्गिस्तान, नेपाल र बंगलादेश सहभागी खेलको शीर्ष दुईमा रहेका टोली फाइनल पुगेका हुन्।

नेपालले समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। बंगलादेशले किर्गिस्तानलाई समूह चरणको खेलमा १–० ले पराजित गरेको थियो।

नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १८ महिनापछि गोल गर्दै जित हात पारेको हो।

यसअघि नेपालले सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेइविरुद्ध २–० गोलले जित हात पारेको थियो।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल सुपर लिग एलिमिनेटरः ललितपुर र बुटवल लुम्बिनी भिड्दै

Read More →