Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

तेल ट्यांकरमा इरानले आक्रमण गरेको इजरायलको आरोप

१६ साउन,   खबरमञ्च,   at 12:26 PM

By   /  July 31, 2021  /  Comments Off on तेल ट्यांकरमा इरानले आक्रमण गरेको इजरायलको आरोप

    Print       Email

काठमाडौँ । इजरायलले इरानले एक तेल ट्यांकरमाथि आक्रमण गरेको आरोप लगाएको छ ।

बिहीबार अरब सागरमा भएको उक्त ट्यांकर दुर्घटनामा एक ब्रिटिस र एक रोमानियाली नागरिकको मृत्यु भएको थियो ।

लन्डनस्थित कम्पनी जोडिएक मेरिटाइमद्वारा सञ्चालित एमभी मर्सर स्ट्रिट अरब सागरको ओमानको तटनजिकै रहँदा दुर्घटनामा परेको बताइएको छ ।

यो कम्पनी इजरायली सिपिङ म्याग्नेट इयाल ओफरसँग सम्बन्धित रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्उमले जनाएका छन् ।

कम्पनीले दुर्घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउने प्रयास गरिरहेको बताएको छ । तर इजरायली विदेशमन्त्री येर लापिडले भने यस घटनामा इरानी चरमपन्थी समूहको हात रहेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘इरान केवल एक इजरायलका लागि मात्र समस्या होइन, त्यसैले विश्व शान्त भएर बस्न हुँदैन ।’ तर लाइबेरियाली झन्डासहितको र जापानी स्वामित्वको उक्त ट्यांकर दुर्घटनाका बारेमा विस्तृत जानकारी भने आएको छैन ।

तर पछिल्लो घटनाले मध्यपूर्वमा तनाव बढ्ने संकेत देखिएको छ । केही रिपोर्टमा ड्रोनको प्रयोग गरी ट्यांकरमा आक्रमण गरिएको पनि दाबी गरिएको छ ।

बेलायती सरकारले भने तत्काल सत्यतथ्य बाहिर आउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक सवारी साधनमा नयाँ भाडादरः काँकरभिट्टा-काठमाडौं १४७० रुपैयाँ

Read More →