Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

२४ साउन,   खबरमञ्च,   at 7:30 AM

By   /  August 9, 2022  /  Comments Off on तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

    Print       Email

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् ।

मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ ।

उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ । मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ। 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →