Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

१९ असार,   खबरमञ्च,   at 6:37 PM

By   /  July 3, 2020  /  Comments Off on तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

    Print       Email

विर्तामोड । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले तलब निकासाको माग गर्दै शुक्रबार देशभर प्रदर्शन गरेको छ।

सरकारले समेत आफ्ना समस्याका लागि पहल नगरेको प्रति आक्रोश पोख्दै संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी सडक आन्दोलनमा उत्रनु परेको एकजना शिक्षक बालकृष्ण दाहालले बताए।

संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक चैत महिनासम्मको तलबभक्ता समेत नपाएकाले तत्काल उपलब्ध गराउन विद्यालय सञ्चालकसँग उनीहरुको माग छ।

‘हाम्रो तलब निकासा गर, भोकले मार्न पाइँदैन’ लगायत नारा लगाउँदै उनीहरु सडक संघर्षमा उत्रेका हुन्।

बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई काम लगाउने अधिकांशले काम गरिसकेको समयको समेत पारिश्रमिक नदिँदा गाँस जुटाउन समस्या उत्पन्न भएको झापा विर्तामोडकी शिक्षिका रमा सुवेदीले बताइन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ मृत अवस्थामा भेटिए

Read More →