Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

तत्काल क्लिन फिड कार्यान्वयनमा ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

५ असाेज,    at 1:45 PM

By   /  September 21, 2020  /  Comments Off on तत्काल क्लिन फिड कार्यान्वयनमा ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

    Print       Email

 

काठमाडौं । संसदीय समितिले तत्काल क्लिन फिड कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले तत्काल क्लिन फिड कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

क्लिन फिड कार्यान्वयनमा ल्याउने विषयमा सरकारका तर्फबाट भइरहेको ढिलाइका सम्बन्धमा सञ्चारमन्त्रालयलाई छलफलमा बोलाएको थियो । छलफलपछि समितिले ऐनमा भएको व्यवस्था बमोजिम क्लिन फिड कार्यान्वयन गर्न भनेको हो ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न पहिलो पटक बनेको विधेयक २०७६ सालको कार्तिकमै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भइ कार्यान्वयनमा आएको थियो । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित कार्यक्रम प्रसारण गर्नुपर्ने विषय उक्त ऐनमै व्यवस्था गरिएको थियो । जसअनुसार ऐन प्रारमन्भ हुँदाकै अवस्थामा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले भने ऐन प्रारम्भ भएको एक वर्षभित्र क्लिन फिड लागू गर्नु पर्ने भनिएको थियो । तर ऐन कार्यान्वयनमा आएको एक वर्ष हुन लाग्दा समेत क्लिन फिड कार्यान्वयनमा आएको छैन । त्यसैले समितिले कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी विज्ञापन ऐनको पूर्ण कार्यान्वयन गर्न पनि निर्देशन दिएको हो ।

यसबाहेक समितिले नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलहरुको प्रशारण रोक्ने मन्त्रालयले गरिरहेको काम र योजनाबारे १५ दिनभित्र विवरण पेश गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अन्ततः क्लिनफिड लागू, विदेशी च्यानलमा विज्ञापन बजाउन नपाइने

Read More →