Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

ढल्यो नेपाली साहित्यको धरोहरः राष्ट्रकवि माधव घिमिरेको निधन

२ भदौ,   खबरमञ्च,   at 6:49 PM

By   /  August 18, 2020  /  Comments Off on ढल्यो नेपाली साहित्यको धरोहरः राष्ट्रकवि माधव घिमिरेको निधन

    Print       Email

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ।

१ सय १ बर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको हो। राष्ट्रकवि घिमिरेलाई श्वासप्रश्वास सम्बन्धि समस्या रहेको बुझिएको छ।

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गीतिनाटक, कथामा घिमिरेको उल्लेख्य योगदान रहेको छ।

घिमिरेले नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) जस्ता कृतिको रचना गरेका थिए।

राष्ट्रकवि घिमिरेलाई विस २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उनलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साहित्यकारद्वय प्रश्रित र उप्रेतीबीच आरोप-प्रत्यारोप, दुवैद्वारा पद्मश्री सम्मान नलिने घोषणा

Read More →