Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

डेंगुको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले भन्योः पूरा बाहुला भएको पोशाक लगाउनू

२७ भदौ,   खबरमञ्च,   at 1:47 PM

By   /  September 12, 2022  /  Comments Off on डेंगुको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले भन्योः पूरा बाहुला भएको पोशाक लगाउनू

    Print       Email

काठमाडौं। डेंगु जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारी, सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको हो ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु भइरहेको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

Read More →