
काठमाडौं । विन्डमिल एडभान्टेज प्रालिले इलाम, झापा र पाँचथरका लागि दर्जनौं रोजगारीको अवसर जुटाएको छ।
कम्पनीका अनुसार झापाका विभिन्न स्थानका लागि ६१ जना, इलामका लागि १९ जना र पाँचथरका लागि ९ जनाको पदपूर्ति गर्ने भएको हो।
कोरोना भाइरसको महामारीमा धेरैले रोजी रोटी गुमाएको समयमा रोजगारीका लागि यो सुनौलो अवसर हुने कम्पनीले जनाएको छ।
एउटा बहुराष्ट्रिय कम्पनीका लागि डुवर टु डुवर सेल्सम्यान वा गर्ल्स् तथा ब्रान्ड प्रोमोटरको जागिर खुलाएको कम्पनीले जनाएको छ।
विस्तृत जानकारीका लागि फोन नम्बर ०१-४४७९०९६ र ९८०१४५६७९० मा सम्पर्क गर्न सकिनेछ।