Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस नेपाल आउँदै

७ वैशाख,   खबरमञ्च,   at 11:26 AM

By   /  April 20, 2022  /  Comments Off on डब्ल्यूएचओका महानिर्देशक टेड्रोस नेपाल आउँदै

    Print       Email

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् ।

वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणको क्रममा महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड – १९ विरुद्धको खोप दिइँदै

Read More →