Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

डब्लूएचओले बन्द गर्यो कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभीको औषधि प्रयोग

२१ असार,   खबरमञ्च,   at 1:51 PM

By   /  July 5, 2020  /  Comments Off on डब्लूएचओले बन्द गर्यो कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभीको औषधि प्रयोग

    Print       Email

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना संक्रमितमा मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभीको औषधि प्रयोग बन्द गरेको छ।

शनिबार डब्लूएचओले दुवै औषधिले कोरोनाबाट मृत्यु हुनेको दर कम गर्न नसकेको भन्दै यी औषधि प्रयोग नगर्ने निर्णय भएको जानकारी दिएको हो।

कोरोनाविरुद्धको खोप विश्वभर विकास भइरहँदा यी औषधिले कोरोना संक्रमणलाई रोकथाम गर्ने अपेक्षा गरिएको थियो। तर परीक्षणमा यो असफल भएको डब्लूएचओको भनाइ छ।

मलेरियाको औषधिलाई यसअघि ट्रम्पले दोहोर्याउँदै सिफारिस गरेका थिए। अमेरिकाको केही राज्यमा यो प्रयोगमा समेत आएको थियो।

तर पछि अमेरिकाको फुड एन ड्रग एडमिनिसट्रेसनले नै हाइड्रोक्सिक्लोरोक्वीनलाई प्रयोगमा प्रतिबन्ध लगायो।

हाल विश्वभर १ सय २० भन्दा बढी खोप विकासका क्रममा छन्। अमेरिका, चीन र बेलायत लायतका मूलुकले कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको सङ्क्रमण प्रदेश २ मा भयावह बन्दै

Read More →