
काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एकसाता हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीमाथि अनुसन्धानका लागि थुनामा राख्न अनुमति मागेकोमा काठमाडौं जिल्ला अदालतले एक हप्ताको अनुमति दिएको हो ।
उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।
न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।