
झापा । झापाको गौरादहमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका- १ निवासी रामप्रसाद अधिकारीका ९ वर्षीय छोरा गौरव अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
गौरादह- १ को सडक खण्डमा सोमबार साँझ ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्रयाक्टरले बालक अधिकारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएका बालकलाई तत्काल उपचार लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यता ट्रयाक्टर र चालक कमल गाउँपालिका-१ निवासी २६ वर्षीय विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।