Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

टिकटक, वीच्याट, यूसी ब्राउजर र शेअरइट जस्ता चर्चित एप भारतमा प्रतिबन्ध

१६ असार,   खबरमञ्च,   at 12:00 PM

By   /  June 30, 2020  /  Comments Off on टिकटक, वीच्याट, यूसी ब्राउजर र शेअरइट जस्ता चर्चित एप भारतमा प्रतिबन्ध

    Print       Email

नयाँ दिल्ली । भारत सरकारले ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ। सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा चीनबारे केही उल्लेख गरिएको छैन तर प्रतिबन्ध लगाइएका कैयौँ एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीको स्वामित्वको रहेको छ।

प्रतिबन्धित एपमा टिकटक, वीच्याट, यूसी ब्राउजर र शेअरइट जस्ता चर्चित एपहरू छन् जुन भारतमा निकै नै प्रयोगमा रहेको मानिन्छ।

भारत सरकारले निर्णय लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेअर र एप बहिष्कार गर्नुपर्ने आवाज उठेका बेला लिइएको छ।

इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयका अनुसार ती एपहरू ‘भारतको सम्प्रभुत्ता र सुरक्षाको निम्ति खतरा’ भएकाले प्रतिबन्धित गरिएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतले बनाएको कोरोना भाइरसविरुद्धको खोप अब मानवमा परीक्षण हुने

Read More →