Loading...
You are here:  Home  >  समाज  >  Current Article

झुठो विवरणका आधारमा विदेशी नागरिकलाई नागरिकता बनाइदिने प्रशासकीय अधिकृत पक्राउ

२१ असार,   खबरमञ्च,   at 5:12 PM

By   /  July 5, 2020  /  Comments Off on झुठो विवरणका आधारमा विदेशी नागरिकलाई नागरिकता बनाइदिने प्रशासकीय अधिकृत पक्राउ

    Print       Email

विर्तामोड । विदेशी नागरिकलाई नागरिकता बनाइदिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई पक्राउ गरिएको छ।

झुठो विवरण पेश गरिएको आधारमा विदेशी नागरिकलाई नागरिकता तथा राहदानी बनाइदिने आचार्यलाई प्रहरीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विदेशी नागरिकलाई नागरिकता तथा राहदानी बनाइदिएको कसुर मुद्धामा जिल्ला अदालत झापाले ०७२ मंसिर १० गते आचार्यलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो।

आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

आवश्यक कारबाहीको लागि प्रहरीले आचार्यलाई आइतबार जिल्ला अदालत झापामा बुझाएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →