Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

झापा र इलामबाट ब्राउनसुगरसहित ५ जना पक्राउ

३१ जेठ,   खबरमञ्च,   at 2:29 PM

By   /  June 14, 2021  /  Comments Off on झापा र इलामबाट ब्राउनसुगरसहित ५ जना पक्राउ

    Print       Email

बिराटनगर । झापा र इलामामा लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरिएको छ ।

आइतबार दिनको ३ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाउँपालिका ३ का २२ बर्षीय बले भनिने प्रज्वल बानियालाई लागूऔषध ब्राउन सुगर ४ ग्रामसहित घरबाटै पक्राउ गरिएको हो ।

त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले इलाम माई नगरपालिका ४ शंकरगाउँबाट लागूऔषध ब्राउन सुगर  ५ ग्रामसहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश १-०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बिर्तामोडबाट नगद चोरी गर्ने दुई जना धनकुटाबाट पक्राउ

Read More →