Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापा बाह्रदशीका सङ्क्रमित मुम्बईबाट आएका थिए, जिल्लामा सङ्क्रमितको संख्या ११३ पुग्यो

१९ जेठ,   खबरमञ्च डेस्क,   at 4:47 PM

By   /  June 1, 2020  /  Comments Off on झापा बाह्रदशीका सङ्क्रमित मुम्बईबाट आएका थिए, जिल्लामा सङ्क्रमितको संख्या ११३ पुग्यो

    Print       Email

विर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाका लकडाउनको अवधिमा भारतको मुम्बईबाट आएका दुई जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण सोमबार पुष्टि भएको छ।

उनीहरुलाई पनि सीमाबाट सोझै क्वारेन्टीमा राखिएको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए।

यस अघि उक्त गाउँपालिकामा दुईजनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।

झापाभर अहिलेसम्म ११३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

कचनकवल गाउँपालिकामा १ सय जना, बाह्रदशीमा ४ जना, गौरीगञ्जमा ४ जना, गौरादह नगरपालिकामा २ जना, दमक नगरपालिकामा १ जना, भद्रपुर नगरपालिकामा १ जना र झापा गाउँपालिकामा १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बमजनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दायर

Read More →