Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

झापा गोल्डकपकाे पाँचौँ संस्करण चैत अन्तिम सातादेखि

२० फागुन,   खबरमञ्च,   at 9:07 PM

By   /  March 3, 2020  /  Comments Off on झापा गोल्डकपकाे पाँचौँ संस्करण चैत अन्तिम सातादेखि

    Print       Email

बिर्तामोड, फागुन २० ।  पाँचौँ संस्करण झापा गोल्डकप फुटबल प्रतियाेगीता चैतको अन्तिम साताबाट सुरू हुने भएको छ ।

अखिल नेपाल फुटबल संघले एक तालिका प्रकाशित गर्दै झापा गाेल्डकपकाे मिति चैत २१ देखि राखेकाे छ ।

तर मंगलबार भएको झापा गाेल्डकपकाे  चुनावी साधारणसभाबाट चुनिएको समितिले गोल्डकपको याे मिति परिवर्तन गरी अन्तिम साताकै लागि नयाँ मिति पनि तय गर्नेछ ।

साधारण सभाले गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेतलाई चयन गरेकाे छ । बस्नेतलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक केशव भट्टराईका अनुसार १५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा बलराम कार्की, उपाध्यक्षमा सुवास भट्टराई, सचिवमा गजेन्द्र पौडेल, सहसचिवमा चेतामणि खनाल र कोषाध्यक्षमा केदार गिरी चयन भएका छन् ।

समितिका सदस्यहरुमा केशवराज दाहाल, सजेश शिवाकोटी, किरण थापा, यादव पोखरेल, सञ्जीव घिमिरे, विष्णुप्रसाद सिग्देल, चन्द्रमणि कट्टेल र दिपेश ढकाल चयन भएक छन् । निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी विधानतः कार्यसमिति सदस्य हुनेछन् । गोल्डकपको संरक्षकमा जलकुमार गुरुङ र होम पाण्डे रहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन

Read More →