Loading...
You are here:  Home  >  अपराध  >  Current Article

झापा गाउँपालिकामा सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित ब्राउनसुगर बरामद

२९ भदौ,   खबरमञ्च,   at 7:59 AM

By   /  September 14, 2020  /  Comments Off on झापा गाउँपालिकामा सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित ब्राउनसुगर बरामद

    Print       Email

भद्रपुर । झापाको झापा गाउँपालिकामा सशस्त्री प्रहरीले ब्राउनसुगर बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाबाट खटिएको टोलीले आइतबार बेलुका २३.९ ग्राम लागु पदार्थ ब्राउनसुगर बरामद गरेको सशस्त्र प्रहरीका उपरीक्षक रमेशकुमार पाण्डेले बताए।

झापा गाउँपालिका ५ पन्थापाडास्थित राधाबस्तीबाट ब्राउन सुगरसहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

भारतबाट भित्र्याइएको ब्राउनसुगर मोटरसाइकलमा हालेर ल्याउँदै गरेको अवस्था ल्याउनेहरूले सशस्त्र प्रहरीलाई देखेपछि उनीहरू मोटरसाइकल फालेर भागेका थिए।

सशस्त्रले मे. २ प ७९४ र मे ११ प ८०७५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका दुई वटा मोटरसाइकल र ब्राउनसुगर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडको गोपाल एग्रोभेट्सका सञ्चालक गौतम ब्राउनसुगरसहित पक्राउ

Read More →