Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

झापा गाउँपालिकाका १५० जना छात्रालाई गाउँपालिकाद्वारा निःशूल्क साइकल वितरण

३१ चैत,   खबरमञ्च,   at 2:12 PM

By   /  April 13, 2021  /  Comments Off on झापा गाउँपालिकाका १५० जना छात्रालाई गाउँपालिकाद्वारा निःशूल्क साइकल वितरण

    Print       Email

बिर्तामोड । झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई साईकल वितरण गरेको छ ।

झापा गाउँपालिकाभित्र जम्मा ५ वटा सामुदायिक माध्यमिक विद्यालयहरू रहेका छन् ।

कक्षा ९ मा पढ्ने सम्पूर्ण छात्राहरूलाई साईकल वितरण गरिएको हो । गाउँपालिकाले सोमवार एक कार्यक्रमकाबीच ५ वटा सामुदायिक विद्यालयमध्ये ३ वटा विद्यालयका छात्राहरूलाई साईकल वितरण गरेको हो ।

साईकल वितरण गरिएका विद्यालयहरूमा डिल्लीराज माविका १०१ जना , कुवाडीदेवी माविका ३८ जना र महेन्द्र माविका ११ जना रहेका छन् । बाँकी २ वटा सामुदायिक विद्यालयलाई पनि निरन्तरता दिइने जनाइएको छ ।

झापा गाउँपालिकाले विपन्न परिवारका छात्राहरूलाई लक्षित गरी गरिएको यो कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि , विद्यार्थीको नियमितता , विद्यार्थीको हौसलामा वृद्धि हुने अध्यक्ष जयनारायण शाहले विश्वास गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जेठ १ देखि दमक पूर्णरुपमा बन्द, वित्तिय संस्थाहरु समेत सातामा दुई दिन मात्रै खुल्ने

Read More →