Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापा गाउँपालिकाका कोरोना संक्रमित चार दिन अघि मुम्बईबाट आएका, क्वारेन्टाइनमै थिए

१० जेठ,   खबरमञ्च,   at 5:25 PM

By   /  May 23, 2020  /  Comments Off on झापा गाउँपालिकाका कोरोना संक्रमित चार दिन अघि मुम्बईबाट आएका, क्वारेन्टाइनमै थिए

    Print       Email

विर्तामोड । झापा गाउँपालिकाका कोरोना भाइरस संक्रमण पुष्टि भएका पुरुष चार दिन अघि भारतको मुम्बईबाट आएको बताइएको छ। उनलाई पनि क्वारेन्टाइनमै राखिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए।

उनलाई पनि सीमाबाट उद्धार गरेर सोझै क्वारेन्टाइनमै राखिएको थियो।

झापा गाउँपालिकामा समेत कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आइतबारदेखि गाउँपालिका क्षेत्र सिल गर्ने अध्यक्ष शाहले बताए।

कचनकवल, बाह्रदशी र झापा गाउँपालिका भारतीय सीमासँग जोडिएका स्थानीय तह हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

डोटीका दुई महिलाले क्वारेन्टिनमै जन्माए शिशु

Read More →