Loading...
You are here:  Home  >  अपराध  >  Current Article

झापाकाे कमल गाउँपालिकामा खुकुरी प्रहार गरि श्रीमतिकाे हत्या

२५ असोज,   खबरमञ्च,   at 12:42 PM

By   /  October 11, 2020  /  Comments Off on झापाकाे कमल गाउँपालिकामा खुकुरी प्रहार गरि श्रीमतिकाे हत्या

    Print       Email

दमक । झापाको कमल गाउँपालिकामा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कमल गाउँपालिका २ स्थित त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले शनिवार साँझ आफ्नै पत्नी २४ बर्षीया रीतामाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए।

घरायसी वादविवादको क्रममा रामजीले पत्नी रिताको घाँटीमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

घटना भए लगतै प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले रामजीलाई घरबाटै पक्राउ गरेको छ। उनलाई आवश्यक कारवाहीका लागि लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको प्रनाउ थापाले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दुई किशोरीमाथि सामूहिक बलात्कार, आठ जना पक्राउ

Read More →