Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

झापामा १ सय ४९ संक्रमित थपिए, बिर्तामोडमा सबैभन्दा धेरै

2021/05/03,    at 6:25 PM

By   /  May 3, 2021  /  Comments Off on झापामा १ सय ४९ संक्रमित थपिए, बिर्तामोडमा सबैभन्दा धेरै

    Print       Email

झापा । झापामा पछिल्लो २४ घण्टामा थप १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ५९ महिला र ९० पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरु बिर्तामोडमा ३७ जना, भद्रपुरमा २७ जना, गौरादहमा १२ जना, अर्जुनधारामा ११ जना, मेचीनगरमा १४ जना, कनकाईमा १०जना, भद्रपुरमा २३ जना रहेका छन् ।

त्यस्तै वुद्धशान्ति, शिवसताक्षी र बाह्रदशीमा २/२ जना, कमलमा ६ जना र गौरीगन्जमा १ जना रहेका छन् ।

यो संगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५८० पुगेको छ ।

झापामा आजसम्म कुल संक्रमितको संख्या ५२६० पुगेको छ भने कुल मृत्यु हुनेको संख्या १३५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, दमकमा मात्रै ८८ जना थपिए (सूचिसहित)

Read More →