Loading...
You are here:  Home  >  अपराध  >  Current Article

झापामा फेरि अर्को अपराधः पत्नीलाई रगताम्मे बनाएर पतिले गरे आत्महत्या

२४ चैत,   खबरमञ्च,   at 7:39 AM

By   /  April 6, 2021  /  Comments Off on झापामा फेरि अर्को अपराधः पत्नीलाई रगताम्मे बनाएर पतिले गरे आत्महत्या

    Print       Email

बिर्तामोड । झापामा दिनहुँ जस्तो नपत्याउने किसिमका अपराधका घटना हुन थालेका छन्।

चारआली जंगलमा होटल व्यवसायीको शव भेटिएको घटना भएको दुई दिनमा पुनः एक जना पतिले पत्नीलाई आक्रमण गरि रगताम्य बनाएको केही बेरमा उनले आत्महत्या गरेका छन्।

झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन्।

गएराति ३० बर्षिय मोहनदेव भनिने जगतबहादुर ताजपुरियाले आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुण्डिएर आत्महत्या गरेका हुन्।

राति २६ वर्षिया पत्नी राजकुमारी ताजपुरियासँग झगडा भएको र झगडाकै क्रममा उनले धारिलो हतियारले पत्नीको शरीरमा रोपेका थिए। श्रीमती रगताम्य भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका लागि लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन्।

राजकुमारीको हात पाखुरा तथा पेटमा गहिरो चोट लागेको र उनको दमकमा उपचार संभव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले बताए।

जगतबहादुरको शवलाई राति नै पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पूर्वी सीमावर्ती क्षेत्रमा रोकिएन तस्करी, अवैध रुपमा भित्र्याउन लागिएको स्याउ र कपडा बरामद

Read More →