
झापा । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको सरुवा भएको छ ।
गृह मन्त्रालयका अनुसार उनलाई तनहुँ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सरुवाको सूची अनुसार झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेललाई पठाइएको छ ।