Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

३० बैशाख,   खबरमञ्च,   at 8:13 PM

By   /  May 13, 2021  /  Comments Off on झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

    Print       Email

विर्तामोड । झापामा जेठ ७ गतेसम्म निषेधाज्ञा थप भएको बिहीबार साँझ सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्था निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको हो।

थप गरिएको निषेधाज्ञामा धेरै कडाइ गरिने जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी सूचनामा जनाइएको छ।

औषधि खरिद तथा उपचार बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने निर्णय डिसिसिएमसीको बैठकले गरेको छ।

हाट बजार मेला, जात्रा महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने कार्य गर्न नपाइने, कोभिडको लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा पालिकाको आइसोलेशन सेन्टरमा सम्पर्क राख्ने सर्वसाधारणलाई आग्रह गरिएको छ।

अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम कर्मचारी मात्र उपस्थित गराई कार्यलयको आन्तरिक प्रशासन सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयको आदेशमा भनिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना अपडेटः २४०७ जना संक्रमित थपिदा ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

Read More →