Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापामा कोरोना भाइरस संक्रमणको १५ वटा ‘एक्टिभ केस’, सबै केस कचनकवल गाउँपालिकाका

७ जेठ,   खबरमञ्च,   at 8:29 PM

By   /  May 20, 2020  /  Comments Off on झापामा कोरोना भाइरस संक्रमणको १५ वटा ‘एक्टिभ केस’, सबै केस कचनकवल गाउँपालिकाका

    Print       Email

विर्तामोड । झापामा कोरोना भाइरस संक्रमणको १५ वटा ‘एक्टिभ केस’ रहेका छन्।

बुधबार साँझसम्मका १७ जना संक्रमितमध्ये दुईजना निको भएपछि १५ जना उपचारमा रहेका छन्।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको पीसीआर परीक्षणमा बुधबार साँझ ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

मंगलबार मात्र ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने गत सोमबार एकजनामा संक्रमण पुष्टि भएको थियो।

बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका दुईजना संक्रमितहरू निको भएर घर फर्किसकेका छन्।

पछिल्लो पटकका १५ जना संक्रमित भने दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका भारतबाट केही दिन अघि आएका युवा रहेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विरामी पाहुना भेट्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री ढकाल अहिले होम क्वारेन्टाइनमा

Read More →