Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापामा कोभिड १९ अस्पताल र परीक्षण प्रयोगशाला स्थापना गर्ने टुंगो लाग्यो

१० जेठ,   खबरमञ्च,   at 5:06 PM

By   /  May 23, 2020  /  Comments Off on झापामा कोभिड १९ अस्पताल र परीक्षण प्रयोगशाला स्थापना गर्ने टुंगो लाग्यो

    Print       Email

विर्तामोड । झापामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि झापामा कोभिड १९ अस्पताल र परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपयुक्त स्थान पहिचान गरी प्रदेश सरकारसमक्ष सिफारिस भनेका थिए ।

भद्रपुरस्थित मेची अस्पतालको निर्माणाधीन अस्पतालमा कोभिड १९ अस्पताल र साविक जनस्वास्थ्य कार्यालयको तालिम केन्द्रमा परीक्षण प्रयोगशाला स्थापना गर्ने टुंगो लागेको कोरोना संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

झापामा हालसम्म ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३ जना कचनकवल गाउँपालिका र एकजना झापा गाउँपालिकाका रहेका छन् ।

बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका एकएकजना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अलपत्र नेपालीलाई शुक्रबारदेखि स्वदेश ल्याइँदै, कुन देशबाट कति नेपाली फर्कँदैछन् ?

Read More →