Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापामा अन्य दललाई झड्का: पाँच हजारभन्दा बढी एमालेमा प्रवेश

2021/10/24,    at 3:18 PM

By   /  October 24, 2021  /  Comments Off on झापामा अन्य दललाई झड्का: पाँच हजारभन्दा बढी एमालेमा प्रवेश

    Print       Email

झापा। एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ ।

करिब तीन हजार जना सहभागी कार्यक्रमा ओलीको उपस्थितिमा सुवास नेम्वाङ, लेखराज भट्टले टीका लगाएर नवप्रवेशीलाई स्वागत गरेका छन् । कार्यक्रममा साढे पाँच हजार जना एमालेमा प्रवेश गरेको जानकारी दिइयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →