
बिर्तामोड । झापाको हल्दीबारी गाउँपालिकाको आफ्नै गीत रेकर्ड भएको छ।
हल्दीबारी गाउँपालिकाको समग्र वस्तुस्थिति समेटिएको ‘हाम्रो सुन्दर हल्दीबारी’ बोलको गीत निर्माण गरिएको हो।
हल्दीबारी गाउँपालिकाभित्रका १५ वटा जातजातिको पहिचान संस्कृति र गाउँपालिकाका हरेक सम्पदा संरचना समेटिएको त्यस राष्ट्रिय गीतको प्रदेश साँसद पूर्णसिंह राजवंशीले सार्वजनिक गरे।
मदनकुमार राजवंशी मुख्य निर्माता, पदम राजवंशी र गोपाल सिंह राजवंशी सह निर्माता, प्रदीप राजवंशी, अजयलाल राजवंशी, सन्तोषकुमार राजवंशी, छविलाल राजवंशी र शुभकरण राजवंशी निर्माता रहेको त्यस गीतमा बलराम राजवंशी, बलबहादुर राजवंशी, दिलकुमार राजवंशी, मनोरथ राजवंशी, निकिता राजवंशी र रीता राजवंशीको स्वर रहेको छ।
गीत हेरौंः