Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापाको हल्दीबारीमा राप्रपाका अध्यक्षका उम्मेदवार लिङ्देनको अग्रता कायमै, गिरी भन्दा १२०० मतले अगाडि

२ जेठ,   खबरमञ्च,   at 2:44 PM

By   /  May 16, 2022  /  Comments Off on झापाको हल्दीबारीमा राप्रपाका अध्यक्षका उम्मेदवार लिङ्देनको अग्रता कायमै, गिरी भन्दा १२०० मतले अगाडि

    Print       Email

झापा  हल्दीबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्रप्रसाद लिङदेन १२०० मतले अग्रस्थानमा छन् ।

पछिल्लो मत गणनाको परिणाम अनुसार गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका लिङदेनले ३२९० मत ल्याएका छन्। उनलाई एमालेका डम्बर बहादुर गिरी पच्छ्याइरहेका छन् । गिरीले २०९७ मत ल्याएका छन्। गिरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका काँग्रेसका तुलसीप्रसाद ओली १२५० र माओवादीका भवानीप्रसाद दंगाल ६८४ मत ल्याएका छन् ।

गाउँपालिका उपाध्यक्ष पदमा पनि राप्रपाका उम्मेदवार अगाडि छन् । उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले २५०७ मत ल्याएकी छिन् । उनलाई एमालेकी शान्तादेवी गौतमले २०९६ मत ल्याई पच्छ्याइरहेकी छिन् । त्यस्तै उपाध्यक्षमै माओवादीकी टिकादेवी राउत ९२२ मत ल्याएकी छिन्।  

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →